साताको पहिलो कारोबारको दिननै शेयर बजार राताम्मै, कारोबार रकम १५ अर्ब बढी


काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७१.०५ अंकले घटेर परिसुचक २८ सय ७९ दशमलव ११ को बिन्दुमा कायम भएको छ। आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २५६ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा बढी रिदि पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ७१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, ङादी ग्रुप पावरको ५२ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपार, रिज लाइन इनर्जीका लगानीकर्ताले कमाएका छन्। आज यी ३ कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.१७ प्रतिशतका दरले गुमाएका छन्।

आज १३ वटै सेक्टरहरु राताम्मै देखिएको छ। आज सबैभन्दा बढी फाइनान्स सेक्टर को कम्पनीले गुमाएका छन्। यस सेक्टर अन्र्तगतका कम्पनी ३.३८ प्रतिशतले घटेको छ। त्यस्तै, अन्य सेक्टरको ३.०१ प्रतिशत, बैंकिङ्ग सेक्टर २.७८ प्रतिशत, त्यस्तै, डेभलपमेन्ट सेक्टर २.८९ प्रतिशतले घटेको छ।