जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा


काठमाडौं – भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गरेर उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न काठमाडौं परिसर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापा बताएका छन्। 

मन्त्रिपरिषद्को निर्णय अनुसार गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन गृहमन्त्रालय पठाएको थियो।गृहमन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीको प्रधान कार्यालयमा पठाएको थियो। प्रहरीको प्रधान कार्यालयले जाँचबुझ आयोगको प्रतिवेदन काठमाडौं उपत्यकाका प्रहरी कार्यालयमा पठाएको थियो। 

सोही प्रतिवेदन कार्यान्वयनको लागी काठमाडौं उपत्यकाका प्रहरी कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको हो।