राजस्व चुहावट नियन्त्रण गर्ने, कार्ययोजना तयार गर्न अर्थले पायो जिम्मा


काठमाडौं – सरकारले राजस्व प्रणालीलाई पारदर्शी बनाउनेगरी काम सुरु गर्ने भएको छ । सरकारले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची सार्वजनिक गर्दै राजस्व प्रणलीलाई पारदर्शी बनाउने भएको हो ।

यसका लागी कर प्रशासनलाई स्वचालित बनाउने सरकारले तयारी गरेको छ । यस्तै, सरकारले अर्थ मन्त्रालयलाई राजस्व चुहावट नियन्त्रण गर्ने तथा करदातालाई सरल सेवा उपलब्ध गराउने कार्ययोजना तयार गर्न भनेको हो । कार्ययोजना तयार गर्न अर्थ मन्त्रालयलाई ४५ दिनको समयावधि दिइएको छ भने ४५ दिनभित्र कार्ययोजना तर्जुमा गरी लागू गर्नेछ ।