काठमाडौं – पूर्व गृहमन्त्री रमेश लेखकलाई आज अदालत पेस गरिएकाे छ। जिल्ला प्रहरी प्ररिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार उनीलाई जिल्ला सरकारी वकिल लगिएको हो। डाक्टरकै निगरानी राख्नुपर्ने भनिएपछि ओली महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमै छन्।
पूर्व प्रधानमन्त्री ओलीलाई प्रहरीले शनिबार सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट पक्राउ परेका थिए। यस्तै, लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरिएको थियो। हिजो शनिबार अदालत नखुल्ने भएका उनीहरूलाई अदालतमा पेस गरिएको थिएन।
प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौं पेस गरिने छ। प्रहरीले उनीहरूलाई २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छन्। तर, त्यसका लागि जल्ला अदालत काठमाडौंले अनुमति दिनुपर्ने हुन्छ।



About Us
प्रतिक्रिया