काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी उषा अग्रवालको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
हालका लागी सो शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्ने कम्पनीले जनाएको छ । इच्छुक शेयरधनीले आजको ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा बोलपत्र पेश गर्नु पर्नेछ ।
तोकिएको समयावधिमा संस्थापक शेयरधनीबाट निवेदन नआएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया