काठमाडौं – नवनियुक्त प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काे निजी सुरक्षा अधिकृत (पिएसओ) मा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेस बस्याल नियुक्त भएका छन्।
नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त नेता शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।
शाहकाे पिएसओमा नियुक्त बस्याल २०६४ मा प्रहरी सहायक निरीक्षक हुँदै २०७० मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। उनी जिल्ला प्रहरी परिसर काठमाडाैंमा रहँदा भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा खटिएका थिए। उनले प्युठान जिल्ला प्रहरी कार्यालय र बुटवल ट्राफिकको कमान्ड सम्हालिसकेका छन्।



About Us
प्रतिक्रिया