बागमती – हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
वर्षासँगै आज बेलुका ५ः०० बजेतिर पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय ठिङगनबाट प्रहरी टोली खटिएको र पहिरो पन्छाउन प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक बोगटी बताए।



About Us
प्रतिक्रिया