साताको शेयर कारोबार: नेप्से करिब ६० अंकले बढ्दा कारोबार रकम ६९ अर्ब माथि


काठमाडौं – यो साता शेयर बजारमा भारी अंकको वृद्धि देखिएको छ। यो साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६.५८ अंकले बढेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। यो साता ६९ अर्ब माथिको शेयर कारोबार भएको छ। अघिल्लो साता ५४ अर्ब रुपैयाँ हाराहारीमा काराेबार भएकाे थियाे।

सातामा ४ दिन कारोबार हुँदा ३ दिन बजार बढ्दा १ दिन मात्रै घटेको हो। यस साताको पहिलो कारोबारकाे दिन आइतबार नेप्से ४.४५ अंकले बढ्दै बजार २८ सय २४ ९० को बिन्दुमा बन्द भएको थियो। त्यस्तै, दोस्रो कारोबार दिन सोमबार भने बजार २६.०७ अंकले बजार घटेर बजार २७ सय ९८ दशमलव ८३ को बिन्दुमा बन्द भयो।

यसैगरी साताको तेस्रो कारोबार दिन मंगलबार बजार १३.५१ अंकले बढेर बजार २८ सय १२ दशमलव ३४ को बिन्दुमा बन्द भयो। त्यसैगरी, साताको अन्तिम कारोबारको दिन बजार पुनः उकालो लागेर ६४.६९ अंकले बढेर २८ सय ७७ दशमलव ३ को बिन्दुमा पुगेर बजार बन्द भयो।

कारोबार कति?
आइतबारः १३ अर्ब ८९ करोड
सोमबारः ११ अर्ब ६३ करोड
मंगलबारः ११ अर्ब ५७ करोड
बिहिबारः २० अर्ब ७९ करोड