काठमाडाैं – प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्वारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’अन्तर्गत प्रभात फेरी कार्यक्रमको मिति २०८२ चैत्र ०६ गते आयोजना गरी मनाइएको छ।
उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उक्त र्याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो। उक्त कार्यक्रममा स्मार्ट मनी टक्स को मूल नारा सहितका वित्तीय सन्देशमूलक प्ले–कार्ड तथा ब्यानरहरू प्रस्तुत गरिएको थियो।
बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, ३१० एटिएम साथै ७१ एक्सटेन्सन काउन्टर मार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।



About Us
प्रतिक्रिया