रमेश कर्पको ‘सधैं सँगै, हरेक पलमा’ भावनासहित छैठौं संस्थापक दिवस सम्पन्न


काठमाडौं – रमेश कर्पले काठमाडौंको गोदावरी भिलेज रिसोर्टमा रंगीन र उत्साहपूर्ण कार्यक्रमको आयोजना गर्दै आफ्नो छैठौं संस्थापक दिवस मनाएको छ। ‘सधैं सँगै, हरेक पलमा’ भन्ने मूल नाराको साथ आयोजित यस कार्यक्रमले कर्मचारी र व्यवस्थापनबीच एकता, कृतज्ञता र साझा लक्ष्यको अनुभूति सृजना गराएको थियो। कार्यक्रमलाई जीवन्त र यादगार बनाउनलाई कार्यक्रम अवधिभर खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन र स्वादिष्ट परिकारका स्टलहरू राखिएको थियो। यो कार्यक्रमले रमेश कर्प परिवारका सदस्यहरूबीच सहकार्य र सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको छ।

संस्थापकको योगदान र मूल्यहरूको सम्मान
रमेश कर्पमा संस्थापक दिवस वार्षिक रूपमा चैत्र ६ मा मनाइन्छ, जसले स्वर्गीय अध्यक्ष इमेरिटस श्री रमेश गुप्ताको जन्मजयन्तीको सम्झना गर्दछ। संस्थापकको दूरदर्शी नेतृत्व र मूल्य-इमानदारी, अग्रणी सोच, गतिशीलता, वास्तविकता र व्यावसायिकताले कम्पनीको आधार तयार पारेको थियो । यस दिनले ती मूल्यहरूलाई पुनः पुष्टि गर्दै संस्थापकको योगदानको सम्मान गरेको छ।

कर्मचारी र योगदानको सम्मान
संस्थापक दिवसको मुख्य आकर्षण रहेको पुरस्कार समारोहमा कर्मचारीहरूको समर्पण, नेतृत्व र योगदानको सम्मान गरिएको थियो। यस अवसरमा प्रदान गरिएका पुरस्कारहरूमा फाउन्डर लोएल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरशीप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एकस्लिेन्स इन लिडरशीप अवार्ड समावेश थिए। यी सम्मानहरूले कम्पनीका मूल्य र संगठन मा योगदान दिने व्यक्तिहरूको योगदानलाई उजागर गर्छ।

भविष्यतर्फ अग्रसर रमेश कर्पले ६ वर्षको सफल यात्रा पूरा गर्दै, नवप्रवर्तन, सुदृढ साझेदारी र व्यक्तिगत विकास तथा नेतृत्व सशकिरणमा निरन्तर लागि रहेको छ। संस्थापकको दृष्टिले मार्गनिर्देशन र कर्मचारीहरूको समर्पणले ऊर्जा प्राप्त गरी, रमेश कर्प नयाँ उपलब्धि र अवसरको खोजीमा सँगै अघि बढिरहेको छ।