अपर तामाकोशी हाइड्रोपावरले बोलायो १६ औं र १७ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले?


काठमाडौं – अपर तामाकोशी हाइड्रोपावरले आफ्ना शेयरधनीलाई १६ औं र १७ औं वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीले सो सभा यही चैत २९ गते त्रिभुव आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बोलाएको हो। सो सभा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।

सो सभाले सञ्चालक समितिको अध्यक्षबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नेछ। त्यस्तै, लेखापरीक्षणको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ को नाफा नोक्सान हिसाव, वासलात, नगद प्रवाह, लेखाङ्कन नीति सहितको वित्तीय विवरण, स्वामित्व अंशमा भएको परिवर्तन माथि छलफल गरी पारित गर्नेछ।

त्यसैगरी, लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा ११३ को प्रावधान अनुसार सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ तथा २०८१/८२ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी लेखापरीक्षक नियुक्त गरिएकोले लेखापरिक्षकहरुको उक्त नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्नेछ।