चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै बुद्धिभुमी नेपाल हाइड्रोपावर


काठमाडौं – बुद्धिभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले यही चैत २२ गतेदेखि साविक शेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ १ शेयर बराबर १ नयाँ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँअंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। जसमा यसमा गत माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबार भई कायम साविक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।

कम्पनीको सो शेयरमा कायम साविक शेयरधनीहरूले चैत २२ गतेदेखि वैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।