तीन लाख मुनि झर्‍यो सुनको भाउ, एकैदिन ७८ सय रूपैयाँ घट्यो


काठमाडौं – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा सात हजार ८०० रूपैयाँ र चाँदी ११५ रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८९५ रूपैयाँ कायम भएको छ।

हिजो बिहीबार एक तोला सुन तीन लाख दुई हजार ३०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १०रूपैयाँ कायम भएको थियो। गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० रूपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १५० रूपैयाँ कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।