काठमाडौं – ग्रिस र स्पेन पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका रकम बहादुर लोप्चन तामाङ र सिरहाका लक्ष्मण कुमार यादव रहेका छन् ।
उनीहरू मध्ये तामाङले ग्रिस पठाइदिन्छु भन्दै ३ जनाबाट २५ लाख र यादवले स्पेन पठाइदिन्छु भन्दै ५ जनाबाट १३ लाख ५० हजार ठगी गरेको प्रहरीले बताएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया