काठमाडौं – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशभरबाट २५ जनलाई पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय सन्तोष केसी लगायत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८४ हजार रूपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो। साथै, ललितपुरको ललितपुर महानगरपालिका– १५ शिव बस्ती बस्ने सरस्वती गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर धोबिघाट बस्ने मकवानपुर घर भएका २८ वर्षीय मिग्मा लामा समेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार २ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। त्यस्तै, दाङको राप्ती गाउँपालिका–१ बगासोतीबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–५ बस्ने २५ वर्षीय सुमित कुमार चौधरी समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया