काठमाडाैं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १२ औँ वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा चैत २७ गते शुक्रबार काभ्रेपलान्चोकको बनेपा–७स्थित होटेल उग्र चण्डीको सभा हलमा बोलाएको हो। उक्त सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
उक्त साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको हाल संस्थापक शेयर समूह र सर्वसाधारण समूहको शेयर क्रमशः ६१.११ २ ३८.८९ रहेकोमा साबिक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर मात्र संस्थाको कूल चुक्ता पुँजीको ८.६५ प्रतिशतले सर्वसाधारण शेयरमा परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समूहको तर्फबाट ४६.२८ प्रतिशत शेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, यस वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जस्ता प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण गर्ने लगायतका विवरण तथा अनुसूचीहरू छलफल गरी पारित गर्नेछ।
यससँगै, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८२र०८३ को लेखा परीक्षण गर्न लेखा परीक्षण समितिबाट सिफारिस भए अनुसार लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ। सो साधारण सभा प्रयोजनका लागि चैत १८ कम्पनीको शेयर दाखिला खारेजीको कार्य बन्द (बक क्लोज) गर्ने निर्णय गरेको छ। जसअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चैत १७ गतेसम्म कारोबार भई प्रचलित कानुन बमोजिम कम्पनीको शेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा प्राप्त शेयर नामसारीको लिखितको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले सो सभामा भाग लिन तथा मतदान गर्न पाउनेछन्।



About Us
प्रतिक्रिया