काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्काशन गरेको आईपीओ मागभन्दा बढी आवेदन परेकाले सो आईपीओमा आजसम्म आवेदन दिने सकिने भएको हो।
कम्पनीले प्रथम चरणमा प्रतिकित्ता १०० रुपैयाँका दरले १० लाख ४० हजार कित्ता आयोजना प्रभावितका लागि र प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन हो। जसमा आज बैकिङ्ग समयभित्रसम्म आवेदन दिन सकिनेछ। साथै, आयोजना प्रभावितको अवधि भने चैत १५ गतेसम्म रहेको छ।
यसमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। पहिलो चरणको आईपीओ बाँडफाँड पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।



About Us
प्रतिक्रिया