काठमाडौं – सिटिजन्स बैंक घोटाला प्रकरणको मुख्य योजनाकार बैंककै अपरेसन इन्चार्ज रोजी कँडेललाई पक्राउ आदेश दिएको छ। उच्च अदालत विराटनगले अपरेसन इन्चार्ज कँडेललाई पक्राउ आदेश दिएको हो।
बैंकिङ्ग कसुर मुद्धामा पक्राउ गर्नका लागी जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ अनुमति माग गरेकाले पक्राउ आदेश दिएको उच्च अदालत विराटनगरका सुचना अधिकारी सन्तोष पोखरेलले जानकारी दिए। उनकाअनुसार बैंकिङ्ग कसुरका मुद्दामा पक्राउ अनुमति उच्च अदालतलाई हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अनुमति माग गरेको थियो।
सिटिजन्स बैंककाे ४ करोड ९१ लाख रकम हिनामिना भएको तथ्य बाहिरिएको थियो। बैंकले रकम अपचलन गरेको पाएपछि अनुसन्धान र थप कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको थियो।
पहिलो चरणको अनुसन्धानका क्रममा बैंकको शाखा सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा नै रहेकी रोजीको प्रमुख भूमिका रहेको देखिएको थियो। जसको आधारमा नै प्रहरी कार्यालयले पक्राउ अनुमति माग गरेको थियो।



About Us
प्रतिक्रिया