काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा अन्तर बैंक कारोबारमा कमी आएको देखिएको हाे।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले ५ खर्ब ५९ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरूले ७६ अर्ब ३६ करोड गरी कुल ६ खर्ब ३६ अर्ब २२ करोडको अन्तर–बैंक कारोबार गरेको छ।
तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ९ खर्ब ३७ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरूले १ खर्ब ०२ अर्ब २० करोड गरी कुल १० खर्ब ४० अर्ब १ करोडको अन्तर–बैंक कारोबार गरेका थिए।



About Us
प्रतिक्रिया