जनउत्थान सामुदायिक लघुवित्तकाे १५ औं वार्षिक साधारण सभा सम्पन, मर्जरमा जाने पस्ताव पारित


काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन भएको छ। सो सभा सञ्चालक समितिका अध्यक्ष मान बहादुर बि.केकाे अध्यक्षतामा गत फागुन ३० गते होटल न्यू ईरा बुटवलमा सम्पन्न भएको हो।

सो सभाले आर्थिक वर्ष ०८१/०८२ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूची पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष ०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमीक तोक्ने निर्णय समेत गरेको छ।

त्यगैगरी, विशेष प्रस्तावअनुसार लघुवित्त वित्तीय संस्थालाई अन्य उपयुक्त संस्थासँग गाभ्ने, गाम्ने वा प्राप्ति सम्बन्धित सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अधिकार दिने निर्णय पनि पारित गरेकाे छ।