आज शेयर बजार बन्द


काठमाडौं – आज चैत ४ गते बुधबार घोडेजात्रा परेकाले नेपाल स्टक ए्रक्सचेन्ज (नेप्से) बन्द रहने भएको छ। यस दिन काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाउने भएकाले सरकारले सरकारी बिदा दिने भएसँगै नेप्से पनि बन्द रहने भएको हो।

मंगलबार नेप्से १३.५१ अंकले बढेर २८ सय १२ दशमलव ३४ को बिन्दुमा बन्द भएको छ। अब चैत ५ गते भोली सोही बिन्दुमा नेप्से खुला हुनेछ।