१० लाख  नगदसहित हुण्डी कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ


काठमाडौं – १० लाख नगदसहित हुण्डी कारोबार गर्ने एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको हुवान घर भई काठमाडौंको ठमेल बस्ने ५३ वर्षीय ट्यान जियाङ रहेका छन्। 

उनले अवैध रूपमा अन्तरदेशीय हुण्डी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटिएका प्रहरीका टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई ठमेलको ज्याठाबाट स्रोत नखुलेको नेपाली नगद १० लाखसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।