३ अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेष्ट बैंक


काठमाडौं – एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई दिएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो भने निष्कासन गरिने कुल ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्नेछ । बाँकी रहेको ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई भने व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले बताएको छ।

६ वर्ष अवधिको यो ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन् भने ब्याज रकम हरेक ६ महिनामा भुक्तानी गर्ने बैंकले बताएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।