सोलु हाइड्रोपावर र रिलायन्सको शेयरमा सकारात्मक सर्किट


काठमाडौं – आज शेयर बजारमा सोलु हाइड्रोपावर र रिलायन्सको स्पिनिङ मिल्स्को शेयरमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.५१ अकंले बढेरसँगै यी दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन्।

३६७.७० रुपैयाँमा आजको कारोबार खुलेको सोलु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेसँगै शेयरमूल्य ३९९.३० रुपैयाँमा पुगेर बन्द भएको छ। त्यस्तै, रिलायन्सको १ हजार १७.८० रुपैयाँमा खुलेको यस कम्पनीको शेयर कारोबार ११ सय ३६.५० रुपैयाँमा पुगेर बन्द भएको छ।

यससँगै, सालपा विकास बैंक र होटल फरेष्ट इन कम्पनीले समेत झन्डै १० प्रतिशतका दरले कमाएका छन्। आज यी दुई कम्पनीले ९.९९ प्रतिशतका दरले कमाएका हुन्।