काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रम गर्न लागेको छ। बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा सातवटै प्रदेशमा सप्ताहव्यापीरुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रम गर्न लागेको हो।
बैंकले ग्लोबल मनी विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसाथ गरी मार्च १६ देखि मार्च २२ सम्म विभिन्न शाखा कार्यालयबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ। यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत् पनि प्रसारण गर्ने जनाएको छ।
वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम गरिसकेका छन्।कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ।



About Us
प्रतिक्रिया