काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले आईब्रोक्स ईन्टरलनेशनल प्राइभेट लिमिटेडको नाममा रहेको १ हजार ८६५ कित्ता शेयर बिक्रीमा राखेको हो। सो शेयर खरिदका लागि पहिलो प्रथामिकता संस्थाको विद्यमान संस्थापक शेयरधनीलाई दिने संस्थाले जनाएको छ।
संस्थाको निर्णयअनुसार सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा संस्थाको केन्द्रिय कार्यालय थापाथलीमा आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया