काठमाडौं – काठमाडौंबाट १३ जना जुवाडे पक्राउ परेका छन्। बुढानिलकण्ठ नगरपालिका– १ स्थित लेमन ट्री होटलभित्र संचालनमा रहेको गडुल क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सोही नगरपालिका– २ बस्ने ४८ वर्षीय दिलिप लामासहित १३ जना रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रुपैयाँ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया