शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट


काठमाडौं – शिखर पावर डेभलपमेन्टको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख ४२ हजार ६०० कित्ता आइपीओ जारी गरेको थियो। निष्काशन समधिसम्ममा २६ लाख ८७ हजार ३४७ जनाले कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए।

जसमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने बाँकी ३६ हजार ५०० आवेदन रद्द भएको छ। मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख ८४ हजार २६० जनाले १० कित्ताका दरले शेयर पाएका छन्।