'ग्लोबल मनी विक–२०२६'

पैसासम्बन्धी निर्णयहरू आवेग, गलत सूचनाका आधारमा नलिऔँः राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले पैसासम्बन्धी निर्णयहरू आवेग, गलत सूचना वा साथीसाथीको दबाबमा नभई बुझाइ र खुला संवादका आधारमा गर्नुपर्ने बताएकाे छ। केन्द्रीय बैंकले ग्लोबल मनी विक–२०२६ लाई लक्षित गर्दै वित्तीय सन्देश जारी गरेकाे हाे।

राष्ट्र बैंकले सार्वजनिक गरेको सन्देशमा पैसासम्बन्धी निर्णयहरू आवेग, गलत सूचना वा साथीसाथीको दबाबमा नभई बुझाइ र खुला संवादका आधारमा गर्नुपर्ने उल्लेख गरिएको छ। बैंककाअनुसार वित्तीय विषयमा जिज्ञासा राख्ने, विशेषज्ञसँग सल्लाह लिने, विभिन्न विकल्पहरूको तुलना गर्ने तथा सम्भावित जोखिमबारे छलफल गर्ने बानी बसाल्न सकेमा व्यक्तिगत आर्थिक अवस्था सबल बनाउन सहयोग पुग्नेछ।

ग्लाेबल मनी वीक मार्च १८ देखि २४ (चैत ५ देखि ११) गतेसम्म मनाइने गरिन्छ। यस वर्षकाे नारा ‘स्मार्ट मनी टक्स’ रहेकाे छ।