काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ पूरा हुन सकेन।
सुनुवाइ नसकिएपछि अदालतले मुद्दालाई पुनः ‘हेर्दाहेर्दै’मा राखेको छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास सुनुवाइ भएको थियो।
यसअघि आइतबार पनि यस रिटमा सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेर आज सुनुवाइ भएको हो। अब यसमा मंगलबार सुनुवाइ हुनेछ।



About Us
प्रतिक्रिया