क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने एक जना प्रहरीको फन्दामा 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरका ५१ वर्षीय गिता भण्डारी रहेका छन्। 

उनले क्यानडा पठाइदिन्छु भन्दै ५ जनाबाट २७ लाख ठगी  गरेको प्रहरीले बताएको छ। उनलाई काठमाडौंको काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।