डिजिटल कारोबार गर्दा विशेष सावधानी अपनाउनुपर्छ : कार्यकारी निर्देशक पौडेल


काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले डिजिटल कारोबार गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आजदेखि सुरु भएको ग्लोबल मनी विकको अवसरमा आयोजित कार्यक्रममा उनले डिजिटल कारोबार गर्दा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले आम्दानी भएको पैसाको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । उनले प्रविधिकाे प्रयाेग बढ्दै जाँदा अनलाईन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग र क्यूआरकोड मार्फत कारोबार गर्दै आइरहेको बताए । उनले प्रविधिको प्रयोग गरेर भुक्तानी गर्दा ठगीका घटना बढेको बताए । ‘पहिला पैसा हराउने चोरी हुने हुन्थे भने अहिले रिस्क बढै गएको समयमा आफ्नो पासवर्ड, पीनहरु सुरक्षित राख्नुपर्छ’ उनले भने ।

उनले डिजिटल प्रणालीमार्फत कारोबार गर्दा सावधानी अपनाउनुपर्ने बताएका हुन् । उनले पैसासँग सम्बन्धित कारोबार गर्दा आफ्नो अधिकार र कर्तव्यको बारेमा समेत बुझ्न उनले आग्रह गरे ।

पौडेलले वित्तीय ठगीबाट बच्न नेपाल राष्ट्र बैंकले हरेका मंगलबार वित्तीय चेतनाका लागि सुचना जारी गर्दै आएको बताए । उनले वित्तीय साक्षरताकालाई केन्द्रीय बैंकले विभिन्न किताबहरु, भिडियोहरु र विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले वित्तीय ठगीबाट वचन ओटीपी शेयर नगर्ने, पिन कसैलाई पनि नदिने र समयसमयमा पिनहरु परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले विभिन्न सामाजिक संजालको प्रयोग गरेर ठग्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसबाट बच्न आग्रह गरे ।