काठमाडौं – हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गर्ने दुई जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ८ भिमढुङ्गा घर बस्ने सागर गिरी र प्रमोद प्रसाद धिताल रहेका छन्।
नागार्जुन नगरपालिका ८ भिमढुङ्गा स्थितमा क्रिप्टोकरेन्सीकाे कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई भिमढुङ्गाबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट १ करोड १६ रुपैयाँ नगद, विभिन्न बैंकको चेक बुक ३ थानका साथै, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक ३ थान बरामद गरेको छ। एटिएम कार्ड ४ थानलगायतका सामानसहित पक्राउ गरेको हो। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया