ग्लोबल मनी विक २०२६ आजदेखि सुरू


काठमाडौं – ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२६’ आजदेखि आरम्भ भएको छ। हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो चौधौं संस्करण हो।

उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गरेकाे हाे। उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब ५०० जना विद्यार्थीको सहभागिता थियो।

गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त कार्यक्रमको उद्घाटन गरे। सो अवसरमा उनले पैसा कसरी कमाउने, कसरी बचत गर्ने र कसरी सदुपयोग गर्ने भन्ने विषयमा परिवारका सदस्यहरूलाई शिक्षित गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले पैसा जुनसुकै पेशामा आबद्ध व्यक्तिका लागि समान रूपमा महत्वपूर्ण हुने भएकाले यसको उचित व्यवस्थापन र सदुपयोगतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले पैसाको उचित तथा आदर्शतम व्यवस्थापनका बारेमा विद्यार्थीहरूलाई विद्यालयस्तरदेखि नै शिक्षित गर्ने उद्देश्य यस कार्यक्रमको रहेको जानकारी दिए। साथै, उनले यस्ता कार्यक्रमहरूले वित्तीय साक्षरता र वित्तीय समावेशिता अभिवृद्धिमा सकारात्मक योगदान पुर्याउने उल्लेख गर्दै नेपालमा वित्तीय समावेशिता सूचकाङ्क आर्थिक वर्ष २०२४/२५ मा ०.५३ पुगेको बताए। कार्यक्रमको उद्घाटन सत्रमा यस बैंकका कार्यकारी निर्देशक, निर्देशक एवं नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी विभागका उच्च अधिकारी र बैंकरहरूको उपस्थिति थियो। कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो।

सो अवसरमा राष्ट्र बंकै का कार्यकारी निर्देशक रामु पौडेल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, सहकारी विभागका उप–रजिष्ट्रार शशि कुमार लम्साल र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले आ–आफ्ना निकायको कार्य क्षेत्र र काम कारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिए। उक्त अवसरमा उनले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका का।मु। निर्देशक शिखा अधिकारी रेग्मीले प्यानल छलफलको सहजीकरण गर्दै उनले कार्यक्रमा धन्यवाद ज्ञापनसहित समापन मन्तव्य राखेका थियो। सो अवसरमा सहभागी विद्यार्थीहरुबीच वित्तीय साक्षरता सम्बन्धी हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरिएको थियो।

चैत ८ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलकु भर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने विभिन्न किसिमका वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्। नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ्ग इन्स्टिच्यटु लिमिटेडबाट अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रमहरू समेत आयोजना हुनेछन्। साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन्। यस अभियानअन्तर्गत बैंकिङ्ग/वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन्। जसअन्तर्गत वित्तीय सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चते नामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन्।

यसै गरी, विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाका अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ। उक्त अभियानबाट विद्यार्थीहरुमा वित्तीय साक्षरताको प्रवद्र्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ। ‘ग्लोबल मनी विक’ मूलतः किशोररकिशोरी तथा युवारयुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो।

अर्गनाइजेशन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ। राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ। यस अभियानबाट हालसम्म विश्वका १७६ मुलकका सात करोडभन्दा बढी बालबालिका र युवाहरू लाभान्वित भएको बैंकले जनाएको छ। ग्लोबल मनी विकको स्थायी नारा लर्न सेभ अर्न रहेको छ।