सिटिजन्स बैंककाे विराटनगरस्थित शाखामा साढे ४ करोडको घोटाला, प्रहरीमा उजुरी 


काठमाडौं – विराटनगर कञ्चनबारीमा रहेको सिटिजन्स बैंकको शाखामा झन्डै साढे ४ करोडको घोटाला भएको छ।

बैंकले साे रकम घोटाला भएको भन्दै प्रहरीमा उजुरी दिएकाे जिल्ला प्रहरी कार्यालयको प्रमुख प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बैंकिङ्ग समाचारलाई बताए।

प्रहरीले उक्त घोटालाकाे अनुसन्धान प्रक्रिया सुरु गरिसकेको उनले जानकारी दिए। एसपी कटवालकाअनुसार थप अनुसन्धानका लागि बैंकबाट आवश्यक कागजात समेत झिकाइएको उनले बताए।