काठमाडौं – हिमालयन बैंकले दुई संस्थापक शेयरधनीको नाममा रहेको ८ लाख बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विश्वेस श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२.५७ कित्ता, यसस्वीका इन्टरनेशनल प्रा. लिको नाममा रहेको ७ लाख ९९ हजार १६७.०६ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकको विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ। बैंकका अनुसार सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुकले बैंकको हेरिटेज प्लाजा कमलादि काठमाडौंस्थित कानुन विभागमा निवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया