काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो।
यससँगै आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो। यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो।
यससँगै आज चाँदी तोलामा ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया