जेनजी आन्दोलनमा हायत होटल तोडफोड तथा प्राईड क्यासिनो लुटपाट गर्ने दुई जना पक्राउ 


काठमाडौं – जेनजी आन्दोलनमा काठमाडौं महानगरपालिका बौद्धस्थित हायत होटल तोडफोड गरी उक्त होटलभित्र रहेको प्राईड क्यासिनो लुटपाट र आगजनी गर्ने दुई जनालाई पहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोकको रोसी गाउँपालिका– ४ घर भई जिल्ला बौद्ध बस्ने कुलध्वज लामा र तेमाल गाउँपालिका ८ घर भई बौद्ध बस्ने कोरियन भन्ने राकेश लामा रहेका छन्। 

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बौद्धबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, कुलध्वज लामाविरुद्ध यसअघि समेत विभिन्न मितिमा केही सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा ५ वटा मुद्दा दर्ता भएको थियो।

साथै, राकेश लामाविरुद्ध केही सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहार कसुरमा ७ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ।