फ्लाईदुबईका सबै उडान अस्थायी रूपमा स्थगित


काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले आफ्ना सम्पूर्ण उडानहरू हालका लागि अस्थायी रूपमा स्थगित गरेको छ।

एयरलाइन्सले एक सूचना जारी गर्दै दुबई जाने तथा दुबईबाट आउने आफ्ना सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको जानकारी दिएकाे हाे। साथै, कम्पनीले यात्रु तथा सर्वसाधारणलाई विमानस्थलतर्फ नजान आग्रह गरेको छ।

साथै, आजै यात्राका लागि टिकट बुकिङ गरेका ग्राहकहरूलाई कम्पनीको आधिकारिक वेबसाइटमार्फत उडानको अवस्था जाँच गर्न वा रिफन्डका प्रक्रियाहरू अगाडि बढाउन पनि आग्रह गरेकाे छ।