काठमाडौं – अर्थ मन्त्रालयको अध्ययनले जेनजी आन्दोलनका क्रममाा शासकहरूप्रतिको असन्तुष्टिले ५० प्रतिशत सहभागी भएको उल्लेख गरेको छ । जेनजी आन्दोलनको बुझाइ : मूल कारण, वास्तववकता र सवल नेपालका लागि मार्गचित्र नामक अध्ययन प्रतिवेदनले आन्दोलनमा सहभागिता हुनुको कारण पहिचान गरेको हो ।
अर्थ मन्त्रालयका लागि त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले सबैभन्दा बढि करिब ५० प्रतिशत शासकहरूप्रतिको असन्तुष्टि कारणले आन्दोलनमा सहभागी भएको बताएको हो । आन्दोलनमा सरिक भएका व्यक्तिहरू विविध अपेक्षा राखेर आन्दोलनमा सहभागिता हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, आन्दोलनमा सहभागी भएका करिब २० प्रतिशत व्यवस्थाप्रतिको असन्तुष्टिको कारणले, करिब ८ प्रतिशत के होला भन्ने जिज्ञासाको कारणले र बाँकीले देशभित्र गरिखाने वातावरण सृजना गर्नी सकिन्छ भन्ने सोच लिएर र १ प्रतिशत साथीसँगको दवाव वा प्रभावले आन्दोलनमा सहभागिता भएको पाइएकाे छ । यसबाट विगत लामो समयदेखिका शासकहरूले गरेको व्यवहार र शासनपद्धतिबाट जनताहरू बढि नै असन्तुष्टि रहेको कारणले गर्दा आन्दोलनमा सरिक भएको प्रष्ट देखिन्छ ।



About Us
प्रतिक्रिया