काठमाडौं – चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा करोडौँ रुपैयाँ घाटामा रहेको सालपा विकास बैंकको शेयर मूल्य चलखेल गरेर बढाइएको छ। चालू वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १ करोड ४ लाख रुपैयाँले घाटामा रहेको यो विकास बैंकको शेयर मूल्य चलखेलपूर्ण रूपले बढाइएको हो। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू वर्ष २०८२/८३ को यो अवधिसम्म घाटामा छ। यस्तै, गत वर्षको दोस्रो त्रैमासमा समेत कम्पनी १३ लाख ९२ हजार रुपैयाँले घाटामा थियो। यसरी घाटामा रहेको कम्पनीको शेयर मूल्य भने निरन्तर बढेको छ। जुन, संकास्पद हो।
किनकि, यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३३० रुपैयाँदेखि बढ्न थालेको थियो। त्यसयता निरन्तर बढेर आज १ हजार ४३ रुपैयाँ प्रतिकित्तामा पुगेको छ। यसबीचमा कम्पनीले प्रत्येक दिनु जसो सकारात्मक ससर्किट लिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सालपा विकास बैंकको सूचीकृत शेयर समेत मूल्य उचाल्न र झार्न मिल्ने खाले छ।
नेप्सेका अनुसार सर्वसाधारणका लागि सालपाको १७ लाख २३ हजार कित्ता शेयर सूचीकृत छ। बाँकी ३५ लाख कित्ता शेयर संस्थापकको छ। संस्थापक र सर्वसाधारणको शेयर संरचनाको अनुपात क्रमशः ६७ र ३३ प्रतिशत छ। यसअनुसार, थोरै मूल्य भएको कम्पनीको शेयर बढाउनका लागि सहज हुन्छ। तथ्यांकअनुसार क्यापिटल म्याक्सले सालपाको सबैभन्दा धेरै शेयर किनिरहेको छ। यसपछि सेक्युरड सेक्युरिटी, हिमालयन ब्रोकेज र बेनी सेक्युरिटीजले सबैभन्दा धेरै शेयर किनिरहेका छन्। उता कम्पनीको विवरण ऋणात्मक अवस्थामा रहेपनि शेयर मूल्य निरन्तर उचालिनुले ‘कर्नरिङ’को शङ्का बढेको छ।



About Us
प्रतिक्रिया