समानुपातिक सूची टुङ्ग्याउन निर्वाचनपछि पहिलो पटक बस्यो रास्वपाको केन्द्रीय सचिवालय


काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक बसेको छ।

निर्वाचनमा झन्डै दुई तिहाइ सिट जितेको रास्वपाको चुनावपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक हो। पार्टीको केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बसेको हो। यद्यपि, बैठकमा पार्टी सभापति रवि लामिछाने भने अनुपस्थित छन्।

उनी स्वास्थ्य समस्याका कारण बैठकमा भौतिकरुपमा उपस्थित बन्न नसकेको प्रवक्ता मनिष झाले बताए। झाका अनुसार सभापति लामिछाने भौतिकरुपमा बैठकमा जोडिएका छन्।