तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँ र चाँदीको मोल २२५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ४०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २७० रुपैयाँ निर्धारण भएको छ।

गत शुक्रवार एक तोला सुन रु तीन लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो। बिहीवार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँ र चाँदी पाँच हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो।

गत बुधवार तीन लाख १९ हजार रुपैयाँमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।