प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.४४ अंक बढेर २८ सय २४ दशमलव ८९ को विन्दुमा पुगेको बन्द भएको छ।

यस सेसनमा १ करोड ४२ लाख ९२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ४२ हजार ७०७ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनभरिमा ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै १० कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।