काठमाडौं – नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिनको लागि २० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएकोल हो ।
यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २९ गते हुनेछ । यसका लागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्मका लागी आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलन गरिएकोरकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, यस बैंककोनिर्देशन बमोजिम कायम राख्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा गणना गर्न पाइनेछ ।



About Us
प्रतिक्रिया