काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको राजापुर घर भई काठमाडौंको नागार्जुन बस्ने सदिशा पाण्डे(खनाल) रहेका छन्।
उनमाथि काठमाडौ जिल्ला अदालत, बबरमहलले ३६ लाख ८२ हजार जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने फैसला गरेको थियो।
उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, बाट खटिएको प्रहरी टोलीले काठमाडौंको रानीवनबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया