काठमाडौं – यो साता शेयर बजारमा भारी रकमको वृद्धि देखिएको छ। यो साता प्रतिनिधिसभा निर्वाचनकाे नतिजाको प्रभाव बजारमा देखिएकाे हाे।
यो साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०७.९४ अंकले बढेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। यो साता ५४ अर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार भएको छ।
सातामा ४ दिन कारोबार हुँदा २ दिन बजार बढ्दा २ दिन घट्यो। यस साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६२.९३ प्रतिशतले बढ्यो। त्यस्तै, साताको दोस्रो कारोबार दिन मंगलबार भने बजार ३२.०८ अंकले बजार घट्यो।
यसैगरी साताको तेस्रो कारोबार दिन बुधबार बजार पुनः ४७.७८ अंकले घट्यो। त्यसैगरी, साताको अन्तिम कारोबारको दिन बजार २३.८७ अंकले बढेर २८ सय २० दशमलव ४४ को बिन्दुमा पुगेर बजार बन्द भयाे।
कारोबार कति ?
सोमबारः ५४ करोड, ९५ लाख रुपैयाँ
मंगलबारः २१ अर्ब, २२ करोड रुपैयाँ
बुधबारः १२ अर्ब, ९५ करोड रुपैयाँ
बिहिबारः १३ अर्ब ९४ करोड रुपैयाँ



About Us
प्रतिक्रिया