काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा जरिवाना सजाय कायम भएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ बस्ने ४० वर्षीय साजाह मिँया रहेका छन्।
मोरङ जिल्ला अदालत, विराटनगरले उनीमाथि बैंकिङ्ग कसुर मुद्दामा ५ बर्ष कैद र ४४ लाख ६२ हजार जरिवाना फैसलाले गरेको थियो। मिँयालाई इलाका प्रहरी कार्यालय, सिजुवाबाट खटिएको विशेष प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ उनकै घरबाट पक्राउ गरेको हो।
उनी पक्राउ गरी फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालत विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया