सरकारी कागज छाप दस्तखत किर्ते गर्ने एक फरार प्रतिवादी प्रहरीको फन्दामा 


काठमाडौं – सरकारी कागज छाप दस्तखत किर्ते गर्ने एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको बराहपोखरी घर भई काठमाडौंको बसुन्धारा बस्ने नवराज लुइँटेल रहेका छन्।

उनीविरुद्द सरकारी काग छाप दस्तखत किर्ते गरेको केसमा जिल्ला अदालत, काठमाडौंले ५० हजार जरिवाना र १ वर्ष कैद फैसला गरेको थियो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरीको टोलीले काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको हो। 

उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत, काठमाडौंमा पेस गरिएको  प्रहरीले जनाएको छ।