काठमाडौं – सोपान फर्मास्यूटिकल्स लिमिटेडले आगामि चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ। जसमध्येबाट बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ११ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। जसको निष्काशन बन्द छिटोमा चैत १२ गतेसम्म हुनेछ भने ढिलोमा चैत २३ गतेसम्म लम्बिनेछ।कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
जसमा इच्छुक आवेदनकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया